बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशैभरको अधिकतम तापक्रम घट्यो, कहिलेबाट खुल्नेछ आकाश ?

देशैभरको अधिकतम तापक्रम घट्यो, कहिलेबाट खुल्नेछ आकाश ?

भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालका अधिकांश भूभागको मौसम धुम्मिएको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौँ- भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालका अधिकांश भूभागको मौसम धुम्मिएको छ। 

लुम्बिनी, गण्डकी, बाग्मती, प्रदेश २ अधिकांश भूभागमा कुहिरो लागेको छ भने प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नरहे पनि अझै २ दिन राम्रोसँग घाम नलाग्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार भोलिको मौसम पनि आजको जस्तै हुनेछ । 

बिहीबार दिउँसोबाट मात्रै आकाशको कुहिरो हट्ने र पारिलो घाम लाग्ने सम्भावना रहेको उनले बताइन् । आकाश धुम्म हुँदा देशभरको अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अधिकतम तापक्रम घट्दा दिनभरिकै तापक्रम एकैनासको हुने भएकाले चिसो बढी हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 

काठमाडौंको अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ । यसअघि अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियस हुन्थ्यो । 

यस्तै पोखराको अधिकतम तापक्रम २२ डिग्रीमा झरेको छ भने भैरहवाको २७, सिमराको २४, धरानको २४, विराटनगरको २५, धनकुटाको २० डिग्रीमा झरेको छ । 

प्रकाशित: Dec 08, 2020| 03:27 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।