बुधबार, भदौ २४, २०८३

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने 

आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी नेपालले पहिलो पटक मापन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ ।

आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी नेपालले पहिलो पटक मापन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । 

गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको हो। नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको छ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। 

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । 

सन् १९९९ मा अमेरिकाले मापन गर्दा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले  सन् २००५ मा मापन गर्दा आठ हजार ८४४ मिटर थियो । 

सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।  

प्रकाशित: Dec 08, 2020| 02:19 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।