बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीभित्र र बाहिरबाट पनि घेरिएका प्रधानमन्त्रीलाई सर्वदलीय बैठकबाट त्राण मिल्ला ?

पार्टीभित्र र बाहिरबाट पनि घेरिएका प्रधानमन्त्रीलाई सर्वदलीय बैठकबाट त्राण मिल्ला ?

 प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रैबाट असहयोग रहँदै आएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन्। आज मंगलबार बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने बताइएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने प्रमका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

प्रधानमन्त्री ओली पछिल्लो समय पार्टीभित्र र पार्टी बाहिरबाट पनि घेरिँदै गएका छन्। उनलाई आफ्नै पार्टी भित्रैबाट असहयोग रहँदै आएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेको छ।

यस्तै ‘राष्ट्रिय नागरिक आन्दोलन’ को नाम दिएर राजावादीहरु पनि सडक संघर्षमा छन्। उनीहरुले गत शनिबार ‘नागरिकतन्त्रसहितको राजसंस्था’ स्थापनाको माग अघि सारेर काठमाडौंमा बृहत प्रदर्शन गरे।

उता संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा पनि सडक आन्दोलनमा उत्रिने तयारीमा जुटेको छ। राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु सञ्‍चालन गर्ने निर्णय गरेको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनको निर्णय गरेको छ। तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्‍न भागमा पटकपटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ।

मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय रूपमा उठेका प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्‍न अत्यावश्यक भएको भन्दै संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसँग माग पनि गरेको छ।

कांग्रेसले औपचारिक रुपमै बैठक बोलाउन आग्रह गरेको चार दिनपछि प्रम ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। 

सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित हुन उचित नभएको कांग्रेसकै कतिपय नेताहरुले बताइरहेका छन्। सर्वदलीय बैठकबाट प्रधानमन्त्रीलाई केही त्राण मिल्ला त ? 

प्रकाशित: Dec 08, 2020| 01:42 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।