बुधबार, भदौ २४, २०८३

कर्णालीमा भेटिए ४९ नयाँ कुष्ठरोगी

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्।

साइनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी साे संख्यामा नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्यांक सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताए। 

उनका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना छन् भने जाजरकोटमा १३, दैलेखमा ९, कालीकोट ६, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चारजना छन्।

नयाँ कुष्ठरोगका बिरामीमध्ये १५-५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका ६ र एकदेखि १४ वर्ष उमेर समूहका चारजना छन्।

उनीहरू अधिकांशको शरीरमा घाउ भेटिन्छ। व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरूमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताए।

कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उनको भनाइ थियो। 

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताए। 

यो रोगको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ। रासस

प्रकाशित: Dec 07, 2020| 15:49 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।