बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजावादीको आन्दोलन सरकारको अकर्मण्यताको उपज: कांग्रेस 

राजावादीको आन्दोलन सरकारको अकर्मण्यताको उपज: कांग्रेस 

नेपाली कांग्रेसले सरकारको अकर्मण्यताका कारण सडकमा राजावादीहरू सलबलाएको निष्कर्ष निकालेको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको अकर्मण्यताका कारण सडकमा राजावादीहरू सलबलाएको निष्कर्ष निकालेको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएपछि सोमबार शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो।  

सरकारले प्रभावकारी काम गर्न नसकेका कारण जनतामा निराशा छाएको र लोकतन्त्र तथा संविधानविरुद्ध आवाज उठेको कांग्रेसको निष्कर्ष छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको काम र नेकपाको किचलोका कारण जनता निराश बनेको निष्कर्ष छलफलले निकालेको जानकारी दिए।  

संविधानको रक्षा गर्ने दायित्व बोकेको सरकार आफैंले कतिपय प्रावधान उल्टाउँदै हिँडेको र निरंकुश शैलीमा सर्वसत्तावादतर्फ अघि बढेकाले संविधान र गणतन्त्रविरुद्धमा आवाज उठ्न थालेको निकर्ष कांग्रेसको छ। ‘अहिले सडकमा जे भइरहेको छ, त्यसमा प्रधानमन्त्री र नेकपाको दोष छ,’ उनले भने।  

यस्तै कांग्रेसले सरकारको शैलीका विरुद्ध दबाब दिने भएको छ। सरकारका कमजोरी सुधार्न सरकारविरुद्ध जनमत बटुल्ने गरी कांग्रेस अघि बढ्ने खाँडको भनाइ छ।

कांग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र भ्रष्टाचारका विरुद्ध २९ गते प्रदर्शन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: Dec 07, 2020| 15:29 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।