बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष  कैद र रु. सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

ललितपुर- उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष  कैद र ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज (सोमबार) काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो। काठमाडौँ जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए।

उक्त घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो। सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो। रासस

प्रकाशित: Dec 07, 2020| 14:30 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।