पोखरा- पर्वतको फेलवास नगरपालिकाका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ।
१९ मंसिरमा कोरोना पुष्टि भएका ३८ वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
ती पुरुषमा निमोनियाको समस्या थियो। योसहित प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७१ पुगेको छ।
कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो।
यस्तै प्रदेशमा सोमबार ८८ कोरोना संक्रमित थपिएका छन्। ५ सय २१ स्वाब परीक्षण गर्दा ८८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।
कास्कीका ५३, नवलपुरका १५, तनहुँ र लमजुङका ७र७, स्याङ्जाका ३, गोरखाका २ र पर्वतका १ जनामा कोरोना संक्रमण देखिएको हो।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७ पुगेको छ। सोमबार ८१ संक्रमित निको भए।
योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ। गण्डकीमा ५ हजार १ सय २५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। तीमध्ये ४ हजार ४२ जना होम आइसोलेसनमा छन्।