विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ।
प्रदेश १ मा सोमबार ८० जना कोरोना संक्रमित थपिएका छन्। ७१० जनाको पीसीआर परीक्षण गर्दा २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बाह्रदशी, अर्जुनधारा र गौरादहमा २–२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इनरुवा र धरानमा ३–३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
इलामको माईमा ५, इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १–१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ।