काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार १४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ६२८ छ।
हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० छ। हालसम्म १ हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।