बुधबार, भदौ २४, २०८३

बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु

बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

पर्सा– बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। 

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ कि ७१ वर्षिया महिलाको आज मत्यु भएको नेशनल मेडिकल कलेज प्रशासनले जनाएको छ। 

अस्पतालका अनुसार नेशनल मेडिकल कलेजको बाबा होटेलमा बनाइएको आइसोलेशनमा उनको मृत्यु भएको हो। दमको समस्या रहेकी महिलालाई मंसिर १६ गते ब्योधा हस्पिटलमा जाँच गराउँदा पीसीआर रिपोर्ट पोजेटिभ देखाएको थियो। 

त्यतिबेलै उनलाई बाबा होटलको आइसोलेसनमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको आज मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए। 

प्रकाशित: Dec 07, 2020| 10:31 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।