बुधबार, भदौ २४, २०८३

ट्रक दुर्घटनामा मृत्यु भएको सबैको परिचय खुल्यो

दार्चुलामा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

धनगढी- दार्चुलामा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।

दुर्घटनामा मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५ का ट्रक चालक २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका–६ का २४ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका १७ वर्षीय चन्द्रसिह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले बताए।

मृतक तीनै जनाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरी निरीक्षक ऐरीले बताए।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक आइतबार राति मालिकार्जुन गाउँपालिका–१, भर्तोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: Dec 07, 2020| 10:22 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।