बिहीबार, असोज ३, २०८१

बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय

– ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने तीन महिलाले कैद सजाय पाएका छन्।
 |  सोमबार, मंसिर २२, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, मंसिर २२, २०७७

सुर्खेत– ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने तीन महिलाले कैद सजाय पाएका छन्।

triton college

जिल्ला अदालत सल्यानले शारदा नगरपालिका–१ श्रीनगरकी २१ वर्षीया सरिता खड्का, २४ वर्षीया गीता खड्का र २३ वर्षीया जयन्ती रोकालाई कैद सजाय तोकेको हो।

न्यायाधीश कुलप्रसाद पाण्डको एकल इजलासले सरिता र गीता खड्कालाई जनही तीन महिना कैद र २५ सय रुपैयाँ र जयन्तीलाई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना फैसला गरेको गरेको  अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।

तीनै जनाले श्रीनगरकै ६० वर्षीया पार्वती थापालाई बोक्सी आरोप लगाएका थिए। 

जयन्ती र गीता पार्वतीकी छिमेकी हुन् भने सरिता झारफुक गर्ने व्यक्ति हुन्। जयन्ती र गीता बिरामी भएका बेला झारफुक गर्न सरिताकहाँ गएका थिए।

Metro Mart
vianet

हात हेराउँदा सरिताले छिमेकी पार्वतीकै कारण तिमीहरु बिरामी भएको भनेर सुनाएकी थिइन्। बोक्सीबाट मुक्ति पाउन सरिताले जयन्ती र गीतालाई पार्वतीका लागि एक सरो लुगा छोड्ने उपाय सिकाएकी थिइन्। सोहीअनुसार गत  भदौ ५ गते दुवै जनाले पार्वतीकहाँ एक सरो लुगा छोडेका थिए।

छिमेकीले पार्वतीलाई बोक्सीको आरोपमा कपडा छोडेको थाहा पाएपछि पीडितले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएकी थिइन्। उजुरी परेपछि असोज १२ गते प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

प्रहरीकै रोहबरमा पीडितका तर्फबाट भक्तबहादुुर थापाले सल्यान अदालतमा मुद्दा दिएका थिए। सल्यान अदालतले मंसिर २१ गते बोक्सीको आरोप लगाउने तीन जनालाई कैद र जरिवाना फैसला गरेको हो।

अदालतले सजाय सुनाए पनि तीन जनाले कैद बराबरको रकम जरिवाना तिरेर रिहा भएका छन्।
 

प्रकाशित: Dec 07, 2020| 07:55 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।