बुधबार, भदौ २४, २०८३

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं‌– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक डाकिएकाे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

सर्वदलीय बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। यस्तै पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शन गर्दै आएको विषयमा पनि छलफल हुनेछ। 

यसअघि ३१ वैशाखमा भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरेका थिए।

प्रकाशित: Dec 07, 2020| 06:22 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।