शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवनशैली कार्यक्रम

सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवनशैली कार्यक्रम

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ६ वटामा कार्यक्रम सुुरु गरिएको हो।
 |  सोमबार, मंसिर २२, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

सोमबार, मंसिर २२, २०७७

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेशका ६ प्राथमिक स्वास्थ्य केन्द्रबाट आयुर्वेद स्वस्थ्य जीवनशैली कार्यक्रम सञ्चालन गरिएको छ।

triton college

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ६ वटामा कार्यक्रम सुुरु गरिएको हो।

प्रदेशका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकार र तीन वटामा प्रदेश सरकारको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद चिकित्सक डा. चेतराज जोशीले बताए।

कार्यक्रम सुरु गरिएका स्वास्थ्य केन्द्रमा कञ्चनपुरको बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र, बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायल प्राथमिक स्वास्थ्य केन्द्र, अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र छन्।

‘केन्द्रमा एक जना आयुर्वेद चिकित्सक र एक जना वैद्यको व्यवस्था गरिएको छ’, डा. जोशीले भने, ‘नियमित ओपीडी, स्वस्थ्य जीवनशैली परामर्श, क्लिनिकल योग परामर्श र पूर्वकर्म÷पञ्चकर्म लगायतका सेवा प्रदान गरिनेछ।’

National life insurance

जोशीले प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कोभिड–१९ मा रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधि खरिद भई पुर्‍याउने तयारी भएको र प्राथमिक स्वास्थ्य केन्द्रमा अत्यावश्यक आयुर्वेद औषधि र पूर्वकर्म÷पञ्चकर्म सेवामा आवश्यक औषधि र सामग्रीको व्यवस्थापन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हुने बताए।

उनले नसर्ने रोगको प्रकोप बढिरहेकोले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान सुरु गरिएको बताए। 

प्रदेशमा हाल दुई वटा आयुर्वेदिक औषधालय, सात वटा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र, ३३ वटा स्थानीय तहमा आयुर्वेदिक औषधालय र २२ वटा नागरिक आरोग्य केन्द्र छन्।

प्रकाशित: Dec 07, 2020| 04:56 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।