बुधबार, भदौ २४, २०८३

११ करोड लागतमा कञ्चनपुरमा नेपाल आमाको मूर्ति बन्दै

भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

कञ्चनपुर– भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। 

निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ। 

काठमाडौंबाट आउने विज्ञ टोलीले मूर्तिको नमूना अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले जानकारी दिए। 

मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरिसकेको छ। 

सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण सम्पन्न हुने छ। 

निर्माणको लागि बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर सङ्कलन गरेको दुई करोड, भीमदत्त नगरपालिकाले ५० लाख, प्रदेश सरकारले ५० लाख र सङ्घीय सरकारले ५० लाख लगानी गर्ने भएका छन्। 

अष्टधातुबाट बनाइने मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने बताइएको छ। 

तीन रोपनी जग्गामा मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थ स्थलको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ। 

रासस
 

प्रकाशित: Dec 07, 2020| 03:23 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।