बुधबार, भदौ २४, २०८३

दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

दार्चुलामा गएराति भएको ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

धनगढी– दार्चुलामा गएराति भएको ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१, भर्तालामा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये बैतडीको न्वाली घर भएका चालक २४ वर्षीय शेरसिंह कार्कीको मात्र पहिचान खुलेको छ। 

अन्य दुई जनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक ऐरीले बताए।

ट्रक सडकबाट करिब १२० मिटर तल खसेको छ। 
 

प्रकाशित: Dec 07, 2020| 03:02 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।