बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन नेत्रज्योति संघ र रेडक्रसले सहकार्य गर्ने

कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन नेत्रज्योति संघ र रेडक्रसले सहकार्य गर्ने

कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँचयोग्य आँखा सेवा विस्तारका लागि नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटीले साझेदारी गर्ने भएका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं। कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँचयोग्य आँखा सेवा विस्तारका लागि नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटीले साझेदारी गर्ने भएका छन्। 

यसका लागि आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र रेडक्रसका तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी पाँच वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिवृद्धि गरी एकीकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवै पक्ष सहमत भएका हुन्। 

प्रकाशित: Dec 06, 2020| 13:54 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।