बुधबार, भदौ २४, २०८३

वायु प्रदूषणबाट कसरी जाेगिने ?

वायु प्रदूषणबाट जोगिन मानिसहरू आफ्नो सुरक्षा त गर्छन् तर, जब घरको कुरा आउँछ तब थोरै लापरबाही भइदिन्छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- जाडोयाममा हावाको गुणस्तर धेरै खराब हुन्छ। 

यसले श्वासप्रश्वाससम्बन्धी समस्या हुने खतरा बढ्छ। 

विशेषज्ञका अनुसार वायु प्रदूषणले मुटु र फोक्सोलाई असर गर्छ। यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनु जरुरी हुन्छ। 

घरदेखि बाहिर जानु परेमा अनिवार्य मास्क लगाउनुहोस्। साथै प्रदूषणको असरबाट जोगिन सधैँ बिहान व्यायाम गर्नुहोस्। 

यद्यपि वायु प्रदूषणबाट जोगिन मानिसहरू आफ्नो सुरक्षा त गर्छन् तर, जब घरको कुरा आउँछ तब थोरै लापरबाही भइदिन्छन्।

विशेषज्ञको भनाइ मान्ने हो भने घरमा पनि वायु प्रदूषणको खतरा रहन्छ। यसका लागि घरभित्र र बाहिर दुवै ठाउँमा वायु प्रदूषणसँग जोगिन जरुरी हुन्छ। 

यदि तपाईंलाई थाहा छैन भने यी टिप्सहरू अपनाएर घरमा वायु प्रदूषणको जोखिम कम गर्न सक्नुहुन्छ। 

उचित भेन्टिलेसनको प्रयोग

घरमा उचित भेन्टिलेसनको प्रयोग गर्नुपर्छ। यदि भेन्टिलेसन राम्रो भएन भने हावाको आवातजावत सही ढंगले हुँदैन। सानो भेन्टिलेसन भयो भने घरको हावा बाहिर जान पाउँदैन। 

एक अनुसन्धानका अनुसार संकुचित भेन्टिलेसनबाट ६० प्रतिशत प्रदूषित हावा घरमै रहन्छ। घरमा हावा सफा गर्नका लागि ‘एअर प्युरिफायर्स’को प्रयोग गर्नुपर्छ।

घरमा धूमपान नगर्नुहोस्

एक सोधका अनुसार घरमा वायु प्रदूषण बढ्नुको मुख्य कारण धूमपान हो। 

साथै घरमा मैनबत्ती वा रासायनिक वस्तुहरू जलाउँदा पनि वायु प्रदूषणको खतरा बढ्छ। 

घरमा बिरुवा लगाउनुहोस्

वातावरण स्वच्छ राख्नका लागि रुखबिरुवाको योगदान महत्त्वपूर्ण हुन्छ। यसले हावालाई स्वच्छ राख्न मद्दत गर्छ। त्यसैले घरमा बिरुवा अनिवार्य लगाउनुहोस्। 

घरमा रुखबिरुवा लगाउनाले प्रदूषित हावाबाट हुने आँखाको जलन कम हुन्छ।  साथै तनाव पनि कम गराउँछ र श्वासप्रश्वाससम्बन्धी समस्याको खतरा पनि कम हुन्छ। 

कार्पेटको प्रयोग नगर्नुहोस्

कार्पेटले धूलोका कणहरू समेटेको हुन्छ। कार्पेटबाट निस्कने धुलेले अस्थमा, क्रनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज र खकारको समस्या बढाउँछ। 

त्यसैले जाडोयाममा सकभर कार्पेटको प्रयोग नगर्नु नै राम्रो हुन्छ। 

प्रकाशित: Dec 06, 2020| 13:07 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।