बुधबार, भदौ २४, २०८३

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ बाट २५१ जना डिस्चार्ज भएका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ बाट २५१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४,  मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ।

प्रदेश १ मा आइतबार १२३ जना कोरोना संक्रमित थपिएका छन्। ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४६ महिला र ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १–१, झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले छ। 

उता इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सुर्योदयमा १–१, ताप्लेजुङको फुङ्लिङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १७० पुगेको छ।

प्रकाशित: Dec 06, 2020| 11:40 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।