बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

कोरोना उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चेतावनी दिएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चेतावनी दिएको छ। 

मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले कोभिड उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राही तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दुवै तर्फबाट शुल्क लिएको पाइएको जनाएको थियो। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी अनुगमन गरी कारबाहीका लागि केस व्यवस्थापन कार्यदलले अत्यावश्यक काम गर्ने जानकारी दिए।

साथै खोपको प्राविधिक नोट तयार गरी आगामी बुधबारसम्म इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकमा स्वास्थ्य सेवा विभागले प्रस्तुत गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। 

सबै प्रदेशमा उच्चस्तरीय सेवा व्यवस्थापन तथा एम्बुलेन्स व्यवस्थापन समिति, केस इन्भेस्टिकेसन तथा कन्ट्याक्ट समिति, सूचना तथा जोखिम सञ्चार समन्वय समिति, प्रदेशस्तरीय मेडिकल टास्क फोर्स बनाएर काम गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।  
 

प्रकाशित: Dec 06, 2020| 11:04 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।