काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ९६ जनमा कोरोना पुष्टि भएको हो।
योसहित नेपाल कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।
हाल देशभर १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजार १२१ जना संस्थागत आइसोलेसनमा छन् भने ८ हजार ४६१ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५९४ पुगेको छ।