बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा विपद्‍बाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिइने

कर्णालीमा विपद्‍बाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिइने

कर्णालीमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु भएका २३ जनाको परिवारले राहत पाउने भएका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

सुर्खेत- कर्णालीमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु भएका २३ जनाको परिवारले राहत पाउने भएका छन्।

मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा प्राकृतिक विपदबाट मृत्यु भएका २३ जनाका परिवारलाई ४६ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट मृतकको पहिचान तथा दोहोरो नपर्ने शर्तमा राहात सुविधा उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्णय मन्त्रीपरिषद्ले स्वीकृति गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

यो निर्णयसँगै मृतकका परिवारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दुई/दुई लाखका दरले राहत उपलब्ध पाउने छन्।

यस्तै बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचना र दरवन्दी सम्बन्धिको प्रस्वात पनि स्वीकृत गरेको छ।

प्रकाशित: Dec 06, 2020| 10:27 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।