बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठकमा कोही आए पनि नआए पनि निर्णय हुन्छ, पार्टी अनिर्णयको बन्दी बन्नु हुँदैन : रावल

बैठकमा कोही आए पनि नआए पनि निर्णय हुन्छ, पार्टी अनिर्णयको बन्दी बन्नु हुँदैन : रावल

अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा पार्टीको अध्यक्ष नआउने कुरा कुनै हिसाबले मिल्दैन। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

नेकपा स्थायी कमिटीको आजको बैठकमा पार्टीमा उत्पन्न समस्याको बारेमा गम्भीर छलफल गरी निष्कर्ष निकाल्ने हिसाबले कुराहरु आएका छन्। पार्टीका उत्पन्न समस्याको बारेमा गम्भीर छलफल हुन्छ र निष्कर्ष निस्किन्छ। आजको बैठकमा यो कुरा प्रतिबिम्बित पनि भएको छ। 

बैठकमा प्रधानमन्त्री केपी ओली सशरीर उपस्थित नभए पनि उहाँले पत्र पठाउनुभएको छ। त्यसैले उहाँ बैठकमा उपस्थित नै भएको मानिन्छ। प्रधानमन्त्रीको संक्षिप्त मन्तव्यको अर्थ पनि उहाँको सहभागिता नै हो। बैठक बहिष्कार गर्छु भन्नुभएको छैन उहाँले। स्थायी कमिटीका कमरेडहरु भनेर सम्बोधन गरेर पत्र पठाउनु भएको छ।

अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा पार्टीको अध्यक्ष नआउने कुरा कुनै हिसाबले मिल्दैन। 

मंसिर २८ गतेको स्थायी कमिटी र पुस ५ को केन्द्रीय कमिटी बैठकबाट सबै समस्या समाधान हुन्छ। पार्टीको बैठकले निर्णय गर्छ कोही आए पनि नआए पनि। पार्टी अनिर्णयको बन्दी हुँदैन। कति हदसम्म छलफल गर्ने कति समय दिने भन्ने कुरा बेग्लै हो। जुन स्तरको समस्या पार्टीमा देखा परेको छ, स्थायी कमिटी र केन्द्रीय कमिटीले यत्तिकै छाड्दैन। निर्णय गर्छ।

(स्थायी कमिटी बैठकपछि भीम रावलले सञ्चारकर्मीसँग व्यक्त गरेकाे धारणा)

 


 

प्रकाशित: Dec 06, 2020| 10:20 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।