बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संरचना निर्माणका लागि कर्णाली प्रहरीलाई १० करोडको अख्तियारी

संरचना निर्माणका लागि कर्णाली प्रहरीलाई १० करोडको अख्तियारी

भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरीलाई झण्डै १० करोड रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

सुर्खेत- भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरीलाई झण्डै १० करोड रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ।

प्रदेश सरकारले पर्वतीय प्रदेश प्रष्तिष्ठान, प्रहरी तालिम केन्द्रलगायत विभिन्न प्रहरी संरचना निर्माणका लागि कुल ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको हो।

मंसिर १८ गते बसेको मन्त्रीपरिषद् बैठकले पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठानका लागि ३ करोड ९३ लाख, प्रहरी संरचना निर्माणका लागि ५ करोड र प्रहरी तालिम केन्द्रको संरचना निर्माणका लागि १ करोड खर्च गर्न दिने प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्णय स्वीकृत गरेको हो।

बजेट खर्च गर्ने अख्तियारी पाएसँगै कर्णाली प्रदेशमा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माण गरिने छ। हाइअल्टीच्यूट अर्थात् उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको हो।

प्रदेश प्रहरी गठन भएपछि प्रतिष्ठानले कर्णालीका उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने छ।

प्रतिष्ठानलाई आवश्यक भवन निर्माण र पर्वतीय प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकारले तीन करोड ९३ लाख रुपैयाँ प्रहरी कार्यालयलाई अख्तियारी दिने निर्णय स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। 

बजेट र जग्गा अभावका कारण कर्णाली एकसय २४ वटा प्रहरी यूनिटहरु भाडाको भवनमा बस्दै आएका छन्।

संरचना निर्माणका लागि जग्गा अभावका कारण कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाइ कार्यालय, दंगा नियन्त्रण गण र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालिन हुँदै आएका छन्।

प्रकाशित: Dec 06, 2020| 10:21 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।