बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले पठाए पत्र

दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउँदै ओलीले पठाए पत्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित नभएका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्नो अडान स्पष्ट पारेका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित नभएका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर आफ्नो अडान स्पष्ट पारेका छन्।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्ताव औचित्यहिन रहेकाले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका हुन्।

आज (आइतबार) केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा उपस्थित नभएका अध्यक्ष ओलीले दाहालको उक्त प्रस्तावको औचित्य नभएको भन्दै त्यसैका कारणले आफू उपस्थित नभएको पत्रमार्फत् जानकारी गराएका छन्।

स्थायी कमिटी बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र पढेर सुनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ओलीको पत्र पढेर सुनाएपछि अध्यक्ष दाहालले आफ्नो भनाइ राखेका थिए। झण्डै साढे १ घण्टासम्म बोलेका दाहालले आफ्नो प्रस्तावमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्न आवश्यक रहेको दाबी गरेका थिए।

उनले पार्टीमा उत्पन्न विवाद समाधानका लागि गम्भीर रुपमा बहस गर्न पनि स्थायी कमिटी नेताहरुलाई सुझाए।

दाहालको भनाइपछि स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार दुई अध्यक्षका प्रस्तावहरु अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई ७ दिनको समय दिइएको छ।

साथै आजको बैठकले मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारेको छ।

प्रकाशित: Dec 06, 2020| 10:08 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।