बुधबार, भदौ २४, २०८३

८ महिनापछि खुल्यो मायादेवी मन्दिर 

लकडाउनसँगै बन्द भएको मायादेवी मन्दिर आइतबारबाट खुलेको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– लकडाउनसँगै बन्द भएको मायादेवी मन्दिर आइतबारबाट खुलेको छ। 

११ चैतमा बन्द भएको लुम्बिनीको मायादेवी मन्दिर ८ महिना ७ दिनपछि दर्शनका लागि खुला भएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक सांस्कृतिक स्थल आम मानिससँग गाँसिएको जीवनशैली भएकोले खुला गर्ने निर्णय गरेको बताएका छन्। 

स्वास्थ्य सम्बन्धी ‘प्रोटोकल’ कडाइका साथ पालना गर्दै लुम्बिनी भ्रमण गर्न पनि पर्यटनमन्त्रीले आग्रह गरेका छन्। 

लुम्बिनी विकास कोषले मन्दिरभित्र एकपटकमा बढीमा १० जना मात्रै प्रवेश गर्ने व्यवस्था मिलाएको छ। 

यसअघि ३ कात्तिकदेखि लुम्बिनीको बाहिरी परिसर खुला गरिएको थियो। 
 

प्रकाशित: Dec 06, 2020| 07:49 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।