बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि वामदेव फकाउँदै ओली, चुनावी प्रधानमन्त्रीको प्रस्ताव

फेरि वामदेव फकाउँदै ओली, चुनावी प्रधानमन्त्रीको प्रस्ताव

सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। 

नेकपा स्थायी कमिटी बैठक बस्नुअघि ओलीले उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत गौतमलाई यस्तो प्रस्ताव गरेका हुन्। नेकपा स्थायी कमिटी बैठक अहिले केहीबेरमा पार्टी मुख्यालय धुम्बाराहीमा बस्दै छ।

पोखरेलले केही बेरअघि गौतमलाई फोन गरी पार्टीमा उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओलीलाई सहयोग गर्न र त्यसपछि आगामी संसदीय चुनावअघि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको उनी निकट स्रोतले बतायो। यसअघि गत साउनमा पनि ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

यसैगरी गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापाले गौतमलाई पार्टीमा उत्पन्न विवाद समाधानमा निर्णायक भूमिका खेल्न आग्रह गरेका छन्। थापाले  गाैतम निवास भैंसीपाटी पुगेर गौतमलाइ यस्ताे अनुराेध गरेकाे स्राेतले बतायाे।

‘तपाईं हामी सबैले मानेका नेता हुुनुहुन्छ। पार्टीमा उपत्न विवाद मिलाउन निर्णायक भूमिका खेल्नुपर्यो’, थापालाई उधृत गर्दै स्रोतले भन्यो। गौतमले भने पार्टीमा उत्पन्न विवाद बैठकबाटै समाधान गर्नुपर्ने धारणा राखेका थिए। 

 

प्रकाशित: Dec 06, 2020| 07:43 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।