बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा मुख्यालयको सुरक्षा दिन एसएसपी र सेनाको बम डिटेक्टर टोली 

नेकपा मुख्यालयको सुरक्षा दिन एसएसपी र सेनाको बम डिटेक्टर टोली 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुँदै छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुँदै छ। 

अपराह्न १ बजेको लागि तय भएको बैठकमा सहभागी हुन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पुगिसकेका छन्। अन्य नेताहरू आउने क्रममा छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने भएकोले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

पार्टी मुख्यालयको सुरक्षा दिन महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह आफैं खटिएका छन्। 

नेपाली सेनाको बम डिटेक्टर टोली पनि खटिएको छ। पार्टी कार्यालय वरपर सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्। 

यसअघि १६ मंसिरमा पार्टी कार्यालयमा बस्ने भनिएको सचिवालय बैठक सुरक्षा संवेदनशीलताको कारण देखाउँदै बालुवाटारमा बसेको थियो। 

प्रकाशित: Dec 06, 2020| 07:25 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।