बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटी जिप दुर्घटना अपडेट : वडा सचिवको परिवारसहित चार जनाको मृत्यु 

डोटी जिप दुर्घटना अपडेट : वडा सचिवको परिवारसहित चार जनाको मृत्यु 

डोटीको सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

धनगढी- डोटीको सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

दुुर्घटनामा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ की वडा सचिव २८ वर्षीय मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थीको ज्यान गएको छ । 

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिकामा कार्यरत ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका कृषि प्राविधिक हरी भट्टको समेत मृत्यु भएको छ ।

वडा सचिव त्रिपाठी, त्रिपाठीकी सासु आमा र कृषि प्राविधिक भट्टको घट्ना स्थलमै मृत्यु भएको र त्रिपाठीको छोरालाई उपचारको लागि दिपायल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

दुर्घटनामा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम घाइते भएका छन् । घाइतेहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे १ बजे दिपायलबाट बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका–७, सेउणीखेत पिउसिया भिरमा दुर्घटना भएको थियो ।

प्रकाशित: Dec 06, 2020| 03:47 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।