बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवलमा तस्करले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एक घाइते

बुटवलमा तस्करले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एक घाइते

बुटवलको एक होटलमा गैंडाको खाग तस्कर गर्ने गिरोहले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एकजना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– बुटवलको एक होटलमा गैंडाको खाग तस्कर गर्ने गिरोहले प्रहरीको हतियार खोसेर गोली चलाउँदा एकजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा काठमाडौं बस्ने ३० वर्षीय राकेश न्यौपाने छन्। उनको चिउँडो र घाँटीमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए।

न्यौपानेको भैरहवास्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

तस्कर समूहका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एकजना भागेका छन्। 

‘गैंडाको खाग तस्करीबारे हामीलाई पहिलेदेखि नै सूचना थियो। बिहान पौने ९ बजे सादा पोसाकका प्रहरी होटलमा खटाएका थियौं’, डीएसपी थापाले भने, ‘चारजना कोठाभित्र बसिरहेको समयमा हाम्रो टोलीले बाहिरबाट ढोका बन्द गरेर थप मद्दत जाँदै थियो।’

उनका अनुसार प्रहरीको थप मद्दत टोली पुग्ने क्रममा भित्रबाट तस्कर समूहले ढोका फोडेर भाग्न खोज्ने क्रममा प्रहरीकै हतियार खोसेर चलाउन खोज्दा उनीहरूकै समूहका एकजना घाइते भएका हुन्।
 

प्रकाशित: Dec 06, 2020| 05:48 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।