बुधबार, भदौ २४, २०८३

सुर्खेतमा कोरोनाबाट ५३ बर्षे पुरुषको मृत्यु

सुर्खेतमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

सुर्खेत- सुर्खेतमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–६ का ५३ बर्षे पुरूष छन् । मंसिर ९ गते कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल)मा उचाररत उनको शनिबार राती मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्वासप्रस्वासामा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

संक्रमितको शुक्रबार राती कार्टियो–पाइलोनरी एरेष्ट भएर मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । 

यो सहित कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित: Dec 06, 2020| 02:44 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।