बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज वर्षा र हिमपातको सम्भावना, आगामी तीन दिन कुन प्रदेशमा कस्तो हुनेछ मौसम ?

आज वर्षा र हिमपातको सम्भावना, आगामी तीन दिन कुन प्रदेशमा कस्तो हुनेछ मौसम ?

बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिनको मौसम धुम्म नै रहने छ । आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा हल्का वर्षा हुने छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ । 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा हल्का वर्षा हुने भएको छ। 

केहि स्थानमा हिमपात हुने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकासहित अहिले धेरै ठाउँको मौसम बद्ली भएको छ ।  प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा घाम नलागेको मौसमविद् समिर श्रेष्ठले नेपाल समयलाई जानकारी दिए । 

उनका अनुसार बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिनको मौसम धुम्म नै रहने छ । आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा हल्का वर्षा हुने छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ । 

प्रदेश २, लुम्बिनी, कर्णाली सुदुरपश्चिम प्रदेशमा भने यो प्रणालीको असर कम देखिएको मौसमविद् श्रेष्ठले बताए । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर २१ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा  र प्रदेश नं २ मा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  

प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राति : प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।  

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । 

मंसिर २१ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

मंसिर २३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित: Dec 06, 2020| 02:13 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।