बुधबार, भदौ २४, २०८३

डोटीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

मृतकको सनाखत हुन सकेको छैन भने चालकसहित पाँच जना घाइतेलाई उपचारका लागि दिपायल लगिएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना भएको छ। शनिबार मध्य राति भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पाँच जना घाइते भएका छन्।

डोटी सदरमुकाम दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिँडेको जिप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो।

जिप बाटोबाट करिब दुई सय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका स्थानीय कांग्रेस नेताले जनाएका छन्। मृतकको सनाखत हुन सकेको छैन भने चालकसहित पाँच जना घाइतेलाई उपचारका लागि दिपायल लगिएको छ।
 

प्रकाशित: Dec 06, 2020| 00:42 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।