बुधबार, भदौ २४, २०८३

जवानीमा मायाप्रेम, वृद्धावस्थामा सम्बन्धविच्छेद ! 

गुल्मीमा एक वृद्ध दम्पतीले सम्बन्धविच्छेद गरेका छन्।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

गुल्मी। गुल्मीमा एक वृद्ध दम्पतीले सम्बन्धविच्छेद गरेका छन्।

गुल्मी दरबार गाउँपालिका-४, भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्धविच्छेद गरेका हुन् । 

पहिलेका श्रीमान‍्काे मृत्यु भइसकेपछि २०५२ सालमा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो।

पहिले-पहिले दुवैको सम्बन्ध राम्रै भए पनि पछि विस्तारै सामान्य विषयमा पनि मनमुटाव हुन थाल्यो। 

सधैँभरि झगडा गरेर बस्नुभन्दा बाँच्दासम्म शान्तिसँग बस्‍न पाइयोस् भनेर सम्बन्धविच्छेद गर्ने सोच बनाएको बाटुली बताउँछिन्। 

यी वृद्ध दम्पतीले जिल्ला अदालत गुल्मीबाट कानुनीरूपमा सम्बन्धविच्छेद गरेर अलग-अलग बस्ने निधो गरेका हुन्।

यी दम्पती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्धविच्छेदका लागि आज अदालत पुगेका थिए। 

‘बाबाआमा दुवैको सहमतिअनुसार सम्बन्धविच्छेद भएको हो’, तीलबहादुरका राइला छोरा देवेन्द्र विश्वकर्माले भने। 

गुल्मीमा आजभोलि सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै जान थालेका छन्।

गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्धविच्छेदको घटना यो पहिलो हो।

‘यसअघि ५५ वर्षसम्मका जोडीबीच सम्बन्धविच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्धविच्छेदका मुद्दा आउने गर्दछन् तर सम्भवतः ७२ वर्ष उमेरमा भएको सम्बन्धविच्छेदको यो नै पहिलो घटना हो’,  जिल्ला अदालत गुल्मीका तहसिलदार दीपेन्द्रकुमार तिवारीले भने। 

नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ। अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्।

चालु आर्थिक वर्षको अहिलेसम्म ५४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २६ फर्स्योट भइसकेको तहसिलदार तिवारीले जानकारी दिए। रासस

प्रकाशित: Dec 05, 2020| 16:05 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।