बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यदल बनाउने बादलको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत

कार्यदल बनाउने बादलको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत

बादलले अहिले दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रस्तावलाई थाती राखेर कार्यदल बनाउनुपर्ने प्रस्ताव राखेका थिए। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं। शनिबार बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री सहभागी हुन्छन् कि हुँदैनन् भन्ने द्विविधा कायमै थियो। 

शुक्रबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोनमा कुराकानी भयो।

दिउँसो १ बजे बोलाइएको सचिवालय बैठकअघि नै दाहाल बालुवाटार पुगे।

करिब २० मिनेट ओलीसँग वान टु वान छलफल गरेपछि ओली पनि बैठकमा सहभागी हुन तयार भए।

आजको बैठक करिब चार घण्टा चले पनि ठोस कुनै निष्कर्ष निस्कन सकेन। तर, आजको बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाउनुपर्ने प्रस्ताव ल्याए। उनको प्रस्तावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उचित प्रस्ताव भन्दै समर्थन जनाएका थिए।

बादलले अहिले दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रस्तावलाई थाती राखेर कार्यदल बनाउनुपर्ने प्रस्ताव राखेका थिए।

ओलीले कार्यदलको संयोजक वामदेव गौतमलाई बनाउनुपर्ने बताए। तर, यसमा वामदेवले ठाडै अस्वीकार गरे।

त्यसपछि बहुमत सदस्यहरूले पनि अब कार्यदलको कुनै औचित्य नरहेको र प्रस्ताव थाती राख्न नमिल्ने बताएपछि उनको प्रस्ताव अस्वीकृत भएको थियो।

प्रकाशित: Dec 05, 2020| 13:40 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।