बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिवालय बैठकमा ओलीकाे उस्तै रटान- अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

सचिवालय बैठकमा ओलीकाे उस्तै रटान- अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने आफ्नो अडान यथावत् राखेका छन्।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने आफ्नो अडान यथावत् राखेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफूले दुवै पद नछाड्ने प्रस्ट पारेका हुन्।

‘निर्वाचनअघि प्रधानमन्त्री र महाधिवेशन अघि नै अध्यक्ष छाडदिनँ,’ उनले सचिवालय बैठकमा भने, ‘मलाई हटाउनकै लागि तपाईंहरू बैठक बैठक भनिरहनुभएको छ, भने बैठकको औचित्य छैन।’

ओलीले १३ मंसिरमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि महाधिवेशनअघि अध्यक्ष र निर्वाचनअघि प्रधानमन्त्री आफूले नछाड्ने बताएका थिए। 

पार्टीभित्र ओलीले दुईमध्ये कुनै एक पद छाड्न पर्ने दबाब बढेका बेला ओलीले आफ्नो धारणा पुनः दोहोर्‍याएका हुन्। 

आजको सचिवालय बैठकमा आइतबारको स्थायी कमिटी बैठक बस्ने कि नबस्ने भन्ने विषयमा नै विवाद केन्द्रित थियो।

सचिवालयका एक सदस्यका अनुसार ओली भोलिको बैठक कुनै पनि हालतमा बस्न नहुने अडानमा थिए। तर, बहुमत सदस्यहरूको अडानपछि भोलि स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमा नै राख्ने निर्णय भएको थियो। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पूर्वनिर्धारित समयमा नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने बताए। उनका अनुसार बैठकमा सचिवालयमा पेस भएका दुवै अध्यक्षका राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत हुने छन्। 

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकको आवश्यकता नभएको बताइरहेका बेला अब आइतबार बस्ने बैठकमा उनी सहभागी हुन्छन् वा हुँदैनन् निश्चित छैन।

प्रकाशित: Dec 05, 2020| 13:06 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।