बुधबार, भदौ २४, २०८३

रेडक्रसको अवधारणा : एक घर एक स्वयंसेवक

नेपाल रेडक्रस सोसाइटीले ‘एक घर एक स्वयंसेवक’को अवधारणालाई अगाडि बढाउने भएको छ। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले ‘एक घर एक स्वयंसेवक’को अवधारणालाई अगाडि बढाउने भएको छ। 

समुदायमा अझ नजिक पुग्न र सबै स्थानीय तहमा फैलन मद्दत पुग्ने भएकाले यो अवधारणा ल्याउन थालिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए। 

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा तिम्सिनाले स्वयंसेवामा सर्त र स्वार्थ नहुने बताए। 

दिवसको अवसरमा ‘सोसियल मिडिया भोलेन्टियर अन कोभिड-१९’ फेसबुक ग्रुपमार्फत् मोडरेटरको रूपमा स्वयंसेवा पुर्‍याउने ६ जनालाई सम्मान गरिएको छ। 

लकडाउन र कोभिडको विषम् परिस्थितिमा कार्य गर्ने स्वयंसेवकलाई सम्मान गर्न संस्थाले लिएको नीतिअनुसार अनलाइन स्वयंसेवकको रूपमा काम गर्ने युवाहरूलाई सम्मान गरिएको सोसाइटीका सञ्चार निर्देशक दीव्यराज पौडेलले जानकारी दिए। 

उनका अनुसार सम्मानित हुनेमा रामजी पौडेल, निशान कार्की, बन्दना पोखरेल, रामकृष्ण शर्मा, यानी स्याभोलिनेल र सुरज लौडारी रहेका छन्।

प्रकाशित: Dec 05, 2020| 12:54 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।