बुधबार, भदौ २४, २०८३

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन्।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट १६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ।

प्रदेश १ मा शनिबार ९२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्बुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरंगको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ। 

प्रदेश १ मा शनिबार ४९२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

हालसम्म १ लाख ९५ हजार ३३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 05, 2020| 10:55 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।