बुधबार, भदौ २४, २०८३

६ हजार ७४ को परीक्षण गर्दा १ हजार २४ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ।

हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर कोरोना परीक्षण गरिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यो सहित हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५७७ पुगेको छ।

मुलुकमा हालस सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ।

प्रकाशित: Dec 05, 2020| 10:45 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।