बुधबार, भदौ २४, २०८३

मापदण्ड विपरीतका औषधि पसल बन्द

औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

पर्सा- औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ। 

कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल बन्द गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयका निमित कार्यालय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिए।

कतिपयले नेपालमा प्रतिबन्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताए।

कारवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ। रासस

प्रकाशित: Dec 05, 2020| 09:20 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।