शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजस्व छली गरेको आरोपमा रमण कन्स्ट्रक्सनविरुद्ध मुद्दा दर्ता 

राजस्व छली गरेको आरोपमा रमण कन्स्ट्रक्सनविरुद्ध मुद्दा दर्ता 

राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालिविरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालिविरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 

विभागले सो कम्पनीविरुद्ध २० करोड ८७ लाख ६४ हजार ६२९ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैदको मागदाबीसहित उच्च अदालत पाटनमा मंगलबार मुद्दा दर्ता गराएको हो। 

विभागका अनुसार सो कम्पनीले वस्तु तथा सेवाको खरिद र बिक्रि नगरी नै झुठो बिल बनाई राजस्व चुहावट गरेको पुष्टि भएको जनाएको छ। कम्पनीविरुद्ध राजस्व चुहावटको (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम कारबाही गर्न आग्रह गर्दै मुद्दा दायर गरिएको हो। 

कम्पनीले मूल्य अभिवृद्धि करतर्फ ७ करोड ५४ हजार ७०९ आयकरतर्फ १२ करोड ११ लाख ३६ हजार ९९८ र लाभांश करतर्फ १ करोड ७५ लाख ७२ हजार ९२१ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको विभागलको दाबी छ।

कालो सूचीमा पनि परेको थियो रमण कन्स्ट्रक्सन

धरहरा, काठमाडौं तराई फास्ट ट्रयाक तथा विराटनगर रेल्वे लाइनको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनलाई यसअघि २०७६ साउने २१ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो। 

कम्पनीले हुलाकी राजमार्ग निर्माणको काम गर्दा मदमासी गरेको भन्दै भौतिक योजना तथा पूर्वधार मन्त्रालयको सिफारिसमा अनुगमन कार्यालयले कालोसूचीमा राखिएको थियो। सो कम्पनीका महाप्रबन्धक बलराम महतो वित्त निर्देशक रमन महतो र निर्देशकमा पवन महतो छन्। 

सो कम्पनीले हाल रानी विराटनगर इटहरी धरान रोड र बुटवल रोड प्रोजेक्टको काम पनि गरिरहेको छ। त्यस्तै यसअघि सो कम्पनीले उपत्यकालगायत देशका दर्जनौँ निर्माणका कामहरु गरेको थियो। 

नाइस अवार्डबाट पनि सम्मानित भएको थियो 

त्यस्तै सो कम्पनीले २०७६ जेठ १५ गते नेपाल इन्फ्रास्टक्चर एन्ड कन्स्ट्रक्सन एक्सेलेन्स (नाइस) अवार्ड २०१९ प्राप्त गरेको थियो। सो अवार्ड कन्स्ट्रक्सन टाइम्स म्यागेजिन इन्डियाले नेपालका ठूला पूर्वाधारको काममा महत्वपूर्ण काम गरेको भन्दै प्रदान गरेको थियो।

प्रकाशित: Dec 02, 2020| 11:55 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।