शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई गगनको चेतावनी–  पौडेल पक्राउको घटना तपाईँका लागि निकै महँगो पर्नेछ 

प्रधानमन्त्रीलाई गगनको चेतावनी–  पौडेल पक्राउको घटना तपाईँका लागि निकै महँगो पर्नेछ 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्। 

पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी दिएका हुन्। 

उनले पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित भएको बताएका छन्। पौडेलको गिरफ्तारीले सरकारको चरित्रलाई उदांगो बनाएको थापाको भनाइ छ। 

‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन।यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ। यो तपाईँका लागि निकै महँगो पर्नेछ,’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रकाशित: Dec 02, 2020| 11:50 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।