शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुम्सीचौर सडकको बुल्दी खोलामा व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई उद्घाटन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

वरिष्ठ नेता पौडेलसँगै तनहुँ कांग्रेसका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

आफूलाई प्रहरीले नियन्त्रणमा लिएको पौडेलले ट्वीटमार्फत् जानकारी दिएका छन्। भर्खर प्रहरी परिचालन गरी मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु।

साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् पौडेलले ट्वीटमा भनेका छन्।

उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरेर पौडेललाई पुल उद्घाटनका लागि बोलाएको थियो।

समितिले बोलाएपछि पुगेका पौडेललाई प्रहरीले उद्घाटन गर्न नदिइ माथिको आदेश भन्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

प्रकाशित: Dec 02, 2020| 09:56 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।