बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको अकर्मण्यता र प्रतिपक्षको कमजोर भूमिकाले जनता निराश भए : कमल थापा 

सरकारको अकर्मण्यता र प्रतिपक्षको कमजोर भूमिकाले जनता निराश भए : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता निराश भएको बताएका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता निराश भएको बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा मंगलबार आयोजित अन्तर्क्रियामा बोल्दै थापाले सरकारको असफलता र प्रतिपक्षी दल कांग्रेसको कमजोर भूमिकाले जनतामा निराशा पैदा भएको बताएका हुन्। 

उनले भने, ‘जनता निराश छन्, त्यसैले राप्रपालाई बलियो वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन जरुरी छ।’ 

भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

‘हिन्दूराष्ट्र र राजसंस्थाको  आवश्यकता दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘जनतामा परिवर्तनको चाहना भएकोले जनभावनाअनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउन जरुरी छ।’ 

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समयसीमाभित्र कार्य सम्पादन गर्नसमेत थापाले सचिवालयको ध्यानाकर्षण गराए। उनले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्। 
 

प्रकाशित: Dec 01, 2020| 11:17 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।