काठमाडौं– काठमाडौँ उपत्यकामा मंगलबार थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०९, भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौंमा ६ हजार ८०६ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ६०४ र ललितपुरमा १ हजार ३६१ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।