बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल, अनाैपचारिक बहस पनि सँगसँगै

नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल, अनाैपचारिक बहस पनि सँगसँगै

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक र अनौपचारिक दुवै किसिमको छलफल अगाडि बढाउने निर्णय गरेको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक र अनौपचारिक दुवै किसिमको छलफल अगाडि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘दुई अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भयो। अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले आफ्नो धारणा राख्नुभयो। सचिवालयका अरु सदस्यले पनि सामान्य टिप्पणी गर्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने।

पार्टीमा उत्पन्न संकटको कारण र समाधानको उपायबारे विस्तृत छलफल हुन बाँकी रहेको उनले बताए। सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।

१८ मंसिरको स्थायी कमिटी बैठक पनि सोही दिन बस्ने प्रवक्ता श्रेष्ठले बताए। 

पछिल्लो समय राजतन्त्र र हिन्दू राष्ट्रका पक्षधर तथा संघीयता विरोधीले गरिरहेको शक्ति प्रदर्शनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा श्रेष्ठले भने, ‘प्रतिगामी शक्तिले सफलता प्राप्त गर्ने नसोचे हुन्छ।’ 

पार्टी महासचिव तथा सचिवालय सदस्य विष्णु पौडेलको ६२ औं जन्मदिन परेकाले उनलाई शुभकामना दिएर बैठक सुरु भएको थियो। पौडेललाई शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहालले केक खुवाएका थिए। 

यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि प्राविधिक समस्या भन्दै बैठक बालुवाटारमा बसेको हो।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए।

दाहालको आरोपको जवाफ ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि नेकपा विवाद झन् तातेको छ।

आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चले पनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन्।
 

प्रकाशित: Dec 01, 2020| 10:49 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।