बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा प्रवेश नदिइएपछि बहिस्कार गर्ने पत्रकारहरुको तयारी

बालुवाटारमा प्रवेश नदिइएपछि बहिस्कार गर्ने पत्रकारहरुको तयारी

बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकका क्रममा पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकका क्रममा पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ।

मुख्य गेटबाटै भित्र जान रोक लगाइएपछि पत्रकारहरुले अब बोलाए पनि भित्र नजाने घोषणा गरेका छन्।

१ बजे सुरु भएको नेकपा सचिवालय बैठकपछि पत्रकारलाई ३ घण्टासम्म बालुवाटारको मुख्य गेटबाट प्रवेश दिइएको छैन।

पत्रकारहरुले अब आफूहरु भित्र नजाने र सचिवालयको समाचार प्रकाशित गर्ने इच्छा भए बाहिरै आएर प्रेस ब्रिफिङ गर्नुपर्ने बताएका छन्।

यसअघि धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सरेको हो।

प्रकाशित: Dec 01, 2020| 10:31 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।