बिहीबार, भदौ २५, २०८३

हर्न निषेध गर्न मोरङ प्रहरी सक्रिय   

प्रहरीले ३ बर्षअघि गरेको निर्णयलाई कार्यान्वयन गराउनका लागि मोरङ प्रहरीले अहिले अभियान सुरु गरेको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

विराटनगर– ३ वर्षअघि प्रदेश १ मा साना तथा ठूला सवारी साधनलाई जथाभावी हर्न बजाउन रोक लगाउने निर्णय भयो। २०७४ साल असोज १ गतेबाट प्रदेशमा ‘हर्न निषेध’ गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेन। 

केही समय प्रहरीले सक्रियता पनि बढायो। प्रदेशभरीका सडकमा हर्न निषेधको ठूल्ठूला होर्डिङ बोर्ड पनि राखिए। सुरुका दिनमा केही कम भएको अनुभूति पनि भयो। ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने सवारी साधन र चालकलाई कारबाही पनि गर्यो। तर, पछिल्ला दिनमा हर्न निषेध कार्यान्वयन हुन सकेको छैन।  

प्रहरीले ३ बर्षअघि गरेको निर्णयलाई कार्यान्वयन गराउनका लागि मोरङ प्रहरीले अहिले अभियान सुरु गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले निजी, सरकारी तथा सार्वजनिक सवारी साधनले जथाभावी प्रेसर हर्नको प्रयोग गरिरहेको भन्दै अब उप्रान्त हर्न प्रयोग नगर्न अनुरोध गरिएको बताए। 
 
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुर्घटना हुनसक्ने खतरा रहेको स्थान, घुम्ती र मोडहरुमा बाहेक अन्य स्थानमा सवारी साधनले हर्न बजाउन नपाउने जानकारी दिए। एसपी खड्काले नियमको पालना नगर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने बताए। 

प्रहरीले प्रदेश १ मा गरेको ’हर्न निषेध’ का विरुद्धमा २०७४ साल कात्तिक १४ गते परेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको थियो। हर्न निषेधका विरुद्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउनुपर्ने माग राख्दै उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष विराटनगर महानगरपालिका–१० का उत्तम ढुंगेलले दायर गरेको रिट अदालतले खारेज गरिदिएपछि प्रहरीलाई ‘हर्न निषेध’ क्षेत्र कार्यान्वयनको बाटो खुलेको थियो। 
  
एसपी खड्काले ‘हर्न निषेध’का सवालमा पछिल्लो समय विभिन्न जानकारीमुलक कार्यक्रमहरु भइरहेको जनाए। उनले ओभरटेक गर्ने, मान्छे बोलाउने, साइड माग्ने, बाटो काट्नेलगायत बहानामा हर्न बजाउन नपाइने तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्था र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाउने जानकारी दिए। 

मोरङमा ट्राफिक प्रहरीले ठूलो आवाजसहित सडकमा कुद्ने बुलेट मोटरसाइकलतिर पनि आफ्नो ध्यान केन्द्रित गरेको छ। बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढे गुनासोसँगै ट्राफिक सक्रिय भएको हो।

स्वरुप परिवर्तन (मोडिफाइ) गरेर ठूलो आवाजसहित सडकमा पड्कँदै कुद्ने बुलेट मोटरसाइकललाई धमाधम नियन्त्रणमा लिएर कारबाही गर्न थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद्धारले जानकारी दिए।

उनका अनुसार कम्पनीको साइलेन्सर पाइप हटाएर ‘मोडिफाई’ गर्दै ठूलो आवाज दिने साइलेन्सर जडान गरेर कुदाइने बुलेटले ध्वनी प्रदूषण गरेर आतंक सिर्जना गर्न थालेपछि नियन्त्रणमा लिन थालिएको छ। 

मोटरसाइकलमा सवार व्यक्तिलाई नियन्त्रणमा लिएर जरिवानासहित कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाएर मात्रै छाड्ने गरिएको पोद्धारको भनाइ छ। 

प्रकाशित: Dec 01, 2020| 10:22 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।