बिहीबार, भदौ २५, २०८३

काठमाडौंमा सभा, जुलुश र अन्य भीडभाड गर्न निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ। 

जिप्रकाले आज मंगलबार सूचना जारी गर्दै राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाएको छ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भीडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नुपरेको सूचनामा उल्लेख छ।

पछिल्लो समय राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधर तथा संघीयता  विराेधीहरूले संगठित रूपमै विराेध प्रदर्शन गरिरहेका छन्।

हिजोमात्रै माइतीघरमा राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधरले जुलुश निकालेका थिए। २० मंसिरमा पनि काठमाडाैंमै प्रदर्शनकाे तयारी रहेकाे बताइएकाे छ। 

प्रकाशित: Dec 01, 2020| 07:47 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।