काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
आजको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।
यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि 'प्राविधिक समस्या' भन्दै बैठक बालुवाटारमा बसेको हो।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए।
दाहालको आरोपको जवाफ ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि नेकपा विवाद झन् तातेको छ।
आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चले पनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन्।